काठमाडौं, ५ माघ
पहिलो पटक टी–२० फर्म्याटमा आयोजना भएको प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज बुधबार हुँदैछ।
उपाधिका लागि विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब कीर्तिपुरस्थित टियु मैदानमा बिहान १० बजे भिड्नेछन् । टस साढे ९ बजे हुनेछ ।
राष्ट्रिय तथा युवा खेलाडीले मिश्रित दुबै टोली बलिया छन् । दुबै टोलीको ब्याटिङ लाईन र बलिङसमेत बलियो छ । सेमिफाइनलकै तुलनामा हेर्ने हो भने आज ठूलो स्कोर बन्न सक्छ ।
सेमिफाइनलमा पुलिसले बागमती प्रदेश र एपीएफले अर्काे विभागीय प्रतिद्वन्द्वी आर्मीलाई पराजित गरेको थियो ।
१० टोली सहभागी प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) ले यस प्रतियोगिता एकदिवसीय फर्म्याटमा आयोजना गर्दै आएको थियो ।
तर. आगामी महिना ओमानमा हुने टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले सहभागीता जनाउने भएपछि त्यसैको तयारी स्वरुप यस प्रतियोगिता टी–२० फर्म्याटमा आयोजना भएको हो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |