काठमाडौ,०४ माघ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवले दूधको मूल्य बढाउनुको अब विकल्प नरहेको बताउनुभएको छ । मन्त्री यादवले दुग्ध उत्पादक किसानलाई जोगाउन कै लागि पनि दूधको मूल्य बढाउनुको पर्ने आबस्यकता भएको बताउनु भएको हो ।
हाल दुग्ध उत्पादक किसानहरुको दुधको मुल्य बढाउनु पर्ने माग गरिरहेका छन् । तर मन्त्रालयले कसैको प्रभाव र दबावमा परी मूल्य वृद्धिबारे निर्णय नगरेर राष्ट्रिय दुग्ध विकास बोर्डको स्थलगत अध्ययन पछि मूल्य बढाउनु पर्ने निश्कर्षमा पुगिएको मन्त्री यादबको भनाई छ ।
दुधको मूल्य नबढाए दुग्ध उत्पादन क्षेत्रमा किसान टिक्न नसक्ने भन्दै मन्त्री यादवले दुधको मुल्य बृद्दिबारे चाडै निर्णय हुने बताउनु भएको छ । राष्ट्रिय दुग्धविकास नीति २०७८ को आधारमा मूल्य बढाउने अवस्थामा पुगिएको भन्दै बढेको मूल्यले किसानलाई कृषि पेशामा टिकिरहन ठूलो मद्दत पुग्ने उहाको भनाइ छ ।
तर उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले किसानको खोल ओडेका व्यापारीले प्रलोभनमा दूधको मूल्य बढाइन लगेको भन्दै तत्काल यो निर्णयबाट हट्न सरकारलार्य आग्रह गर्नुभएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |