काठमाडौ,०४ माघ ।
कोरोना परीक्षण शुल्क खारेजीको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको छ । पीसीआर र ऐन्टिजेन परीक्षणको नाममा महामारीमा पनि उपभोक्ता माथि ठगी भइहरको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले उजुरी दर्ता गराउनु भएको हो ।
नेपालका निजी अस्पतालहरुले ऐन्टिजेन टेष्ट गरे बापत न्यूनतम ५०० लिइ रहेका छन् भने पीसीआर परिक्षणबापत न्यूनतम २ हजारसम्म लिईरहेका छन् । त्यस्तै सरकारी अस्पतालले पिसिआर परीक्षणको एक हजारसम्म लिरहेका छन् ।
तर पीसीआर परिक्षणको लागी प्रयोग हुने टेष्ट किटको अधिकतम साइज ९६ प्रयोग गर्दा अधिकतम ६ अमेरिकी डलर मात्र खर्च हुने आधारमा नेपाली रुपैयाँ ८ सय भन्दा बढी परीक्षण शुल्क नलाग्ने भन्दैमहर्जनले कोरोना परिक्षण शुल्क खारेजीको माग गरेको बताउनु भएको छ ।
प्रधानमन्त्रीलाई सम्बोधन गरी बुझाइको उजुरीमा दुवै प्रकारको परीक्षण गर्दा लाग्ने शुल्क नियमन गरी पाउँ भन्ने माग राखिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |