काठमाडौं, ३ माघ
रियल मड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ । आइतबार राति साउदी अरवियाको रियादमा भएको फाइनल खेलमा एथ्लेटिको क्लबलाई २–० ले पराजित गर्दै रियलले १२औँ पटक सुपर कपको उपाधि हात पारेको हो ।
१० खेलाडीमा सीमित रियलको जितमा लुका मोड्रिक र करिम बेन्जेमाले १-१ गोल गरे । रोड्रिगोको पास सदुपयोग गर्दै लुका मोड्रिकले खेलको ३८औँ मिनेटमा रियललाई अग्रता दिलाए । ५२औँ मिनेटमा पाएको पेनाल्टी सदूपयोग गर्दै बेन्जेमाले २-० ले टोलीलाई अग्रता बनाए ।
खेलको ८७ मिनेटमा रियल १० खेलाडीमा समेटियो । इडर मिलिटाओले सिधै रातो कार्डको सामना गरे । त्यसको एक मिनेटपछि नै पाएको पेनाल्टी एथ्लेटिकोले सदुपयोग गर्न सकेन । राउल गार्सियाले पाएको पेनाल्टी सदूपयोग गर्न नसक्दा एथ्लेटिको गोलविहीन बन्यो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |