धादिङ,३० पुस।
नेपालमा कोरोना संक्रमण लगातार उकालो लाग्न थालेको छ।पछिल्लो केही दिनयता दैनिक कोरोनाबाट संक्रमित हुनेको संख्या बढेको छ।
पछिल्लो २४ घण्टामा देशभर २० हजार ५६० को कोरोना परिक्षणमा ५ हजार ८७ संक्रमित थपिएका छन्।
देशभरका प्रयोगशालाबाट १३ हजार ४७४ जनाको पीसीआर गर्दा ४ हजार २ सय ४ र ७ हजार ८६ जनाको एन्टिजेन परिक्षणमा ८८३ गरी ५ हजार ८७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
बिहिबार ३ हजार ५५३ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख ४५ हजार ९ पुगेको छ ।यसैगरी पछिलो २४ घण्टामा २७१ संक्रमित डिस्चार्ज भएसँगै संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख १५ हजार ६५३ पुगेको छ।
संक्रमित भन्दा संक्रमणमुक्त हुने संख्या घट्दै गएपछि सक्रिय संक्रमित बढेका छन्। हाल सक्रिय संक्रमितको संख्या १८ हजार २३५ पुगेको छ भने सङ्क्रमणमुक्त हुनेको दर ९६.५ प्रतिशत रहेको छ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण ३ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या एघार हजार ६१३ पुगेकोे मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |