विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसको ओमिक्रोन स्वरुप खोप नलगाएकाहरूका लागि खतरनाक हुन सक्ने चेतावनी दिएको छ ।
ओमिक्रोन डेल्टाभन्दा कम गम्भीर भाइरस भएपनि कोरोनाविरुद्धको खोप नलगाएकाहरूका लागि खतरनाक हुन सक्ने सङ्गठनले चेतावनी दिएको हो। सङ्गठनका प्रमुख डा.टेड्रोस एड्हनोम घेब्रेयससले ओमिक्रोनका कारण सङ्क्रमण दर विश्वभरि नै तीव्र गतिमा फैलिरहेको हुँदा सबैले सावधानी र सतर्कता अपनाउन आग्रह गर्नुभयो ।
यस वर्षको मध्यसम्ममा प्रत्येक देशको ७० प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने लक्ष्यमा पुग्न अझै लामो यात्रा गर्न बाँकी रहेको भन्दै उहाँले ९० देश अझै ४० प्रतिशत खोपकोलक्ष्यमा पुग्न नसकेको उल्लेख गर्नुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |