धादिङ,२८ पुस।
नेपालमा कोरोना संक्रमण लगातार उकालो लाग्न थालेको छ।
पछिल्लो केही दिनयता दैनिक कोरोनाबाट संक्रमित हुनेको संख्या बढेको छ।पछिल्लो २४ घण्टामा देशभर १३ हजार ३६ को कोरोना परिक्षणमा ३ हजार ७५ संक्रमित थपिएका छन्।
देशभरका प्रयोगशालाबाट ९ हजार ५१ जनाको पीसीआर गर्दा २४ सय ४८ र ३ हजार ९८५ जनाको एन्टिजेन परिक्षणमा ६२७ गरी ३ हजार ७५ जनामा सङ्क्रमण पुष्टि भएको आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.संगिता मिश्राले प्रेस बिफ्रिङका क्रममा बताउनुभयो।
मंगलबार २ हजार ४४४ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख ३६ हजार ३६९ पुगेको छ ।यसैगरी पछिलो २४ घण्टामा २७८ संक्रमित डिस्चार्ज भएसँगै संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख १५ हजार ७६ पुगेको छ।
संक्रमित भन्दा संक्रमणमुक्त हुने संख्या घट्दै गएपछि सक्रिय संक्रमित बढेका छन्। हाल सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको छ भने सङ्क्रमणमुक्त हुनेको दर ९७.२ प्रतिशत रहेको छ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण २ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या एघार हजार ६०९ पुगेकोे प्रवक्ता डा.मिश्राले बताउनुभयो।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |