धादिङ,२८ पुस।
धादिङको नीलकण्ठ नगरपालिकाका सबै विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।
बुधबार नगरपालिकाले एक सुचना निकालेर १५ माघसम्मका लागि भौतिक उपस्थितिमा हुने पठनपाठन लगाएतका क्रियाकलापहरु बन्द गरि निर्णय कार्यान्वयन गर्न सम्पूर्ण विद्यालयहरुलाई अनुरोध गरेको छ।
मंगलबार जिल्ला शिक्षा समन्वय इकाईले जिल्लाका सबै पालिकालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा जारी निर्देशन कार्यान्वय गर्न अनुरोध गरेको थियो। जिल्लामा बेनिघाट रोराङ, सिद्धलेक गाउँपालिका र नीलकण्ठ नगरपालिका बाहेक अन्य पालिकाले विद्यालय बन्द गराएका छैनन् ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गत आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले माघ १५ गतेसम्म हिउँदे विदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न आग्रह गरे सँगै सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |