काठमाडौं, २८ पुस
पोखरामा जारी टाइगर कपमा बुधबार महिलातर्फ विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लबले जित निकालेका छन् ।
दिनको सुरुआती खेलमा पुलिसले आयोजक टाइगर ग्रुप अफ पोखरालाई सोझो सेटमा पराजित गर्याे । उषा भण्डारी, मनिषा चौधरी, कामना विष्टलगायत खेलाडीको उत्कृष्ट प्रदर्शनसँगै पुलिसले खेल २५-२०, २५-१७, २५-२२ जित्यो । प्रतियोगितामा पुलिसको पहिलो जित हो ।
पहिलो खेलमा पुलिस सशस्त्र प्रहरी बलको एपीएफसँग ३-१ को सेटमा पराजित भएको थियो ।
बुधबार नै भएको दोस्रो खेलमा एपीएफले न्यु डाइमन्डविरुद्ध ३-२ सेटको संघर्षपूर्ण जित निकाल्यो । राष्ट्रिय तथा युवा खेलाडीले भरिएका दुवै टोलीको खेल रोमाञ्चक अवस्थामा पुगेको थियो ।
पहिलो सेट न्यु डायमन्डले २५-२१ ले जित्यो । दोस्रो सेट एपीएफले २५-२१ ले जित्दा खेल १-१ को बराबरीमा अगाडि बढ्यो । तेस्रो सेट पुनः न्यु डायमन्डले २५-१० ले आफ्नो पक्षमा पार्याे । २-१ सेटले पछि परेको एपीएफले आक्रामक खेल प्रदर्शन गर्दै चौथो र निर्णायक सेट क्रमशः २५-१२ र १५-८ ले जित्यो ।
जितसँगै एपीएफले दुई अंक पायो भने न्यु डायमन्डले एक अंक प्राप्त गरेकाे छ । प्रतियोगितामा न्यु डायमन्डको पहिलो हार हो ।
जितसँगै न्यु डायमन्ड तीन खेलबाट सात अंक जोडेर शीर्षस्थानमा छ । तीन खेलबाट एपीएफ पाँच अंकसहित दोस्रो स्थानमा छ । आर्मी र पुलिसँग समान तीन अंक रहेको छ । लगातार दुई हारपछि आयोजक अंकविहीन रहेको छ ।
आजै भएको पुरुषतर्फको पहिलो खेलमा हेल्प नेपालले विभागीय आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्याे । तीन भारतीय खेलाडी कोर्टमा उतारेको हेल्प नेपालले राष्ट्रिय टोलीका अधिकांश खेलाडी रहेको आर्मीविरुद्ध सहज जित पायो । अहिले अन्तिम खेलमा विभागीय प्रतिद्वन्द्वी एपीएफ र नेपाल पुलिस प्रतिस्पर्धा गर्दैछन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |