धादिङ,२८ पुस
कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण फैलिएपछी जिल्ला प्रशासन कार्यालय धादिङले स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय धादिङले निषेध आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले निषेध आदेश जारी गर्दै कडाईको साथ पालन गर्नको लागि निर्देशन पनि दिनुभएको थियो ।कोरोनाको तेस्रो लहरबाट जोगिन सरकारले सोमबारबाट २५ जनाभन्दा धेरै भेला हुन रोक लगाएको छ । संक्रमण फैलिन नपाओस र भयावह अवस्था आउन नपाओस भनेर जारी गरीएको निषेध आदेशको अवज्ञा भएको छ।
विश्वको शक्ति राष्ट्रहरु पनि कोरोनाको कारण अस्तव्यस्त भईरहेको समयमा नेपाल जस्तो कमजोर स्वास्थ्य प्रणाली भएको देशको हालत कस्तो होला ? निषेध आदेश जारी भएकै दिन धादिङबेसीमा ¥याली निकालिएको छ । त्यती मात्र होईन जिल्ला प्रशासन कार्यालय अगाडीको खुल्ला चौरमा सयौँ विद्यार्र्थीहरु जम्मा भएर खेलकुद भईरहेको छ ।
संख्यात्मक रूपमा कोरोनाको अर्को लहर आइसकेको छ । भारतमा संक्रमणको ट्रेन्ड हेर्दा नेपालमा पनि केही सातासम्म निरन्तर बढ्ने देखिन्छ । तर, विश्वको अवस्था हेर्दा अस्पताल भर्नादर र मृत्युदर न्यून हुने अनुमान गर्न सकिन्छ । तर धादिङमा कसैले पनि स्वास्थ्य मापदण्ड पालन गर्दैनन्।बिना मास्क मानिसहरु बजारमा हिडिरहेका छन् ।
विभिन्न कार्यक्रमहरु धादिङबेसीमा भईरहेको छन् ।कत्ति स्थानिय तहले विद्यालय बन्द गराएका भए पनि अधिकांश स्थानिय तहले विद्यालय सन्चालन गर्नको लागि आदेशनै दिएका छन्।सार्वजनिक यातायतामा सिट क्षमता अनुसार नै यात्रु राख्ने, सह चालकले मास्क लगाउने, पञ्जा लगाउने र मास्क नलगाउने यात्रुलाई नचढाउने भनिएको छ ।
तर त्यसको पालन भएको देखिदैन ।होटलहरु बिहान ६ बजेदेखी राती ८ बजेर ३० मिनेट सम्म सन्चालन गर्न भनिएको छ ।तीव्र गतिमा बढ्दै गएको संक्रमणप्रति सचेतना अपनाउन र न्युनीकरण गर्नको लागि जिल्ला प्रशासन कार्यालय धादिङले १० बुँदे निषेध आदेश जारी गरेको छ । जारी गरीएको निषेध आदेश पालन गर्नको लागि प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले निर्देशन दिनुभएको छ ।
यस्तो आदेश उल्लंघन गर्नेलाई संक्रमण रोग ऐन, २०२० अनुसार जरिवाना गर्न सक्ने लम्सालले बताउनुभएको छ ।घरबाहिर निस्कँदा वा सार्वजनिक स्थलमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गरी गतिविधि सञ्चालन गर्न र राम्ररी साबुनपानीले हात धुन, स्यानिटाइजरको प्रयोग गर्न र स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न लम्सालले धादिङबासीलाई आग्रह गर्नुभएको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |