धादिङ,२७ पुस।
कोरोना जोखिमलाई मध्यनजर गर्दै धादिङमा हुने कार्यक्रमहरु स्थगित गर्न प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले आग्रह गर्नुभएको छ।
ओमिक्रोन भाईरसको जोखिम बढेको भन्दै उहाँले अब धादिङमा हुने मेला,महोत्सव,कार्यक्रम लगायतको धेरै मानिस भेला भएर गरिने कार्यक्रम स्थगित गर्न निर्देशन दिएको बताउनु भएको छ ।
उहाँले अब पुर्ण लकडाउन नहुने पनि बताउनु भएको छ । अवस्था हेरि स्मार्ट लकडाउन हुने भन्दै नागरिकहरुलाई स्वास्थ्य मापदण्ड अपनाएर बाहिर निस्कन आग्रह गर्नुभएको छ ।
कोराना रोकथाम तथा न्युनीकरणको लागि सबै एकजुट हुनुपर्ने भन्दै उहाँले सबै स्थानिय तहलाई तयारी अवस्थामा रहनको लागि आग्रह गर्नुभएको छ । गृह मन्त्रालयबाट आएको परिपत्र सहित धादिङ प्रशासनले अहिले १० बजेपछि छुट्टै निर्णय गर्ने लम्सालले बताउनु भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |