काठमाडौं, २६ पुस
प्रतिनिधिसभाको पूर्वनिर्धारित बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको छ । पछिल्लो पटक २८ पुसका लागि डाकिएको बैठक पनि सूचना जारी गरेर स्थगित गरिएको छ ।
संघीय संसद सचिवालयले सोमबार सूचना निकालेर २८ पुस बुधबारका लागि बोलाइएको बैठक विशेष कारणले बस्न नसक्ने भन्दै ३ माघका लागि सारेको जानकारी दिइएको छ ।
‘मिति २०७८ साल पुस २८ गते बुधबार दिनको १ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणवश सो दिन र समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ साल माघ ३ गते सोमबार दिनको १ः०० बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा मा. सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |