धादिङ, २६ पुस।
बाग्मती प्रदेशको मुख्यन्यायाधिवक्तामा धादिङका श्यामनारायण श्रेष्ठ नियुक्त हुनुभएको छ।
मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सिफारिसमा सोमबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम श्रेष्ठलाई मुख्यन्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
धादिङको ज्वालामुखी गाउँपालिका–२ हटिया निवासी श्रेष्ठलाई सोमबार उच्च अदालत पाटनका मुख्यन्यायाधिश नृपध्वज निरौलाले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
मुख्य न्यायाधिवक्ताको काम,कर्तव्य र अधिकार तथा सेवाका सर्त सम्बन्धी ऐन,२०७५ को दफा १४ बमोजिम प्रदेश प्रमुख शर्माको उपस्थितीमा शपथ खुवाइएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।
शपथ ग्रहण कार्यक्रममा प्रदेशका मुख्यमन्त्री पाण्डे, आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेल, आन्तरिक मामिला तथा कानुनमन्त्री कृण्णप्रसाद शर्मा खनाल, स्वास्थ्यमन्त्री निमा लामा, कृषि तथा पशुपन्छी मन्त्री बसुन्धरा हुमागाईं लगायतको उपस्थिति थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |