काठमाडौं,२६ पुस
नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८रुपैयाँ ६० पैसा र बिक्री दर ११९ रुपैयाँ २० पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिद दर १३४रुपैयाँ ७४ पैसा र बिक्री दर १३५ रुपैयाँ ४२ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ १६पैसा र बिक्री दर १६१ रुपैयाँ ९७ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ०६ पैसा र बिक्री दर १२९रुपैयाँ ७१पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ १४ पैसा र बिक्री दर ८५ रुपैयाँ ५७ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ७८ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ २६ पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ २६ पैसा र बिक्री दर १० रुपैयाँ ३१ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६० पैसा र बिक्री दर १८ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ६० पैसा र बिक्री दर ३१रुपैयाँ ७६ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ३८ पैसा र बिक्री दर ३२ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३२ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९० पैसा र बिक्री दर ९ रुपैयाँ ९५ पैसा कायम भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |