नेपालमा पनि ओमिक्रोनको सङ्क्रमित बढिरहेकाले कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको पाइएको छ ।
सङ्क्रमित थपिएसँगै अस्पताल भर्ना हुने दर पनि दोब्बरले बढेको कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकिय अधिकृत प्रा. डा. भूपेन्द्रंकुमार बस्नेतले बताउनुभयो ।
काठमाडौं उपत्यकाका १३ र प्रदेशका ७ गरि २० वटै अस्पतालमा कोरोनाका विरामी अस्पताल भर्ना हुने दर एक हप्ता मै दोब्बरले बढेको उहाँले जानकारी दिनुभयो ।
भाइरसमा भएको उत्परिर्तनका कारण तिब्रगतिमा फैलिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसकै कारण विश्वभर एक हप्तामा एक करोड जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै कोरोना हुनबाट जोगिन नियमित साबुनपानीले हात धुने, व्यक्तिगत दूरी कायम गर्ने, भिडभाडमा नजाने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सङ्गिता मिश्राले अपील गर्नुभएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |