काठमाडौ, २५ पुस
काठमाडौबाट उत्तरमा पर्ने प्राचीन टोखा सहर चाकुका लागि प्रसिद्ध छ। शिवपुरी जङ्गल जलाधारले सिञ्चित पहाडी प्राकृति वातावरण अनुकूल हावापानी रहेको टारिलो भूमी टोखामा प्राचिनकालदेखि नै उखु खेती हुन्थ्यो । उखुको रसबाट सख्खर बनाएर चाक्कुका लागि कच्चापदार्थ उत्पादन गरिन्थ्यो । जाडो याममा शरीरलाई न्यानो बनाउन चाकु खाने पुरानो संस्कार हो। माघे सन्क्राती नजिकिएसँगै अहिले टोखावासी चाकु बनाउन व्यस्त देखिन्छन् ।
टोखा परम्परागत चाकु संरक्षक समाजभित्र १३ चाकु उधोग छन। वर्षको दुई महिना ९मंसिर र पुस० मा ३०० देखि ४०० जनाले रोजगारि पाउने , एउटा उधोगबाट एक लाख ६५ किलोसम्म चाकु बेच्ने गरेको तथा महिनामा ३ देखि ४ लाखसम्म आमदानी हुने गरेको टोखा परम्परागत चाकु संरक्षक समाजका अध्यक्ष कृष्ण श्रेष्ठले बताउँछन् ।
एक किलो सामान्य चाकुको १०० देखि १४० रुपैयाँ सम्म ,खुवा चाकु सुत्केरी चाकु र स्पेसल चाकु प्रति किलाेकाे १८० रुपैयाँ पर्न जाने उनी बताउँछन ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |