एजेन्सी
कानो, २५ पुस
नाइजेरियामा कम्तिमा २०० जनाको हत्या भएको छ । बन्दुकधारी लुटेराहरुको समूहले पछिल्लो एक सातामा उत्तर पश्चिम नाइजेरियाको जामफारा राज्यमा हत्या गरेको स्थानीयले बताएका हुन् । राज्य सरकाले ५८ जनाको हत्या भएको जनाएको छ । मारिएका सबै जनाको सेनाले सामूहिक दाहसंस्कार गरेको छ ।
‘बन्दुकधारी लुटेराको आक्रमणमा मारिएका कम्तिमा १४३ जनाको दाहसंस्कार गरेका छौै,’ एक स्थानीय नेता बलराबे अलहाजीले भने । आक्रमणमा २०० भन्दा बढीको मृत्यु भएको उनले बताए ।
मोटरसाइक चढेर आएका झन्डै ३०० आक्रमणकारीले १० ओटा गाउँमा हमला गरेर लुटपाट गरेको जनाइएको छ । उनीहरुले घरमै गोली प्रहार गरेर लुटपाट मच्चाएका थिए ।
यसैबीच, लुटपाट मच्चाउने १०० जना लुटेरा सेनाको कारबाहीमा मारिएको समाचार विवरणमा जनाइएको छ ।
जामफारा राज्यमा यसअघि पनि लुटेराले दर्जनौं गाउँलेको हत्या गरिसकेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |