धादिङ,२५ पौष।
वल्डवाईड गोट प्रोजेटद्धारा ज्यामरुङका किसानलाई बाख्रा पालन तालिम तथा बाख्रा वितरण कार्यक्रम सम्पन्न भएको छ ।
अफ्रिका एसिया डेस्टिच्युट रिलिफ फाउण्डेसन (एडिआएफ) को आयोजनामा बाख्रा पालनबाट पनि मनग्य आम्दानी गरि आर्थिक जिबिकापार्जन सरल र सहज बनाउन तथा कृषकलाई नयाँ नयाँ प्रजाती र प्रबिधिको प्रयोग गरि बाख्रा पालन गर्न थप उत्साह प्रदान गर्ने उद्धेश्यले तालिम प्रदान गरिएको हो।
नीलकण्ठ नगरपालिका वडा न ११ का ५७ जना सहभागि तालिममा अमेरिका बाट आउनुभएका डेनिल लि लेयनीले बाख्रा पालनमा ध्यान दिनुपर्ने कुराहरुको अवगत गराउनुको साथै कार्यक्रममा बोका सुमार्ने र खुर काट्ने नयां बिधि लगाएतका विषयमा सहजिकरण गर्नुभएको थियो।
तालिममा उपस्थित मध्ये चार परिवारलाई भने ४ वटा बाख्रा निशुल्क वितरण गरिएको छ।साथै बोका सुमार्ने मेशिन र खुर काट्ने मेशिन गाउँका सवै किसानले आबश्यकता अनुसार प्रयोग गर्न मिल्ने गरि दुई/दुई थान दुई जनालाई वितरण गरिएको छ भने सहभागी सवैलाई बाख्रालाई आबश्यक पर्ने औषधीहरु निशुल्क रुपमा वितरण गरिएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |