काठमाडौं, २३ पुस
संकटा क्लबले शुक्रबार सहिद स्मारक ए डिभिजन लिगमा नव प्रवेशी सातदोबाटो युथसँग १-१ को बराबरी खेलेको छ । यससँगै संकटाले शीर्ष स्थानका मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबसँग अंक दूरी घटाउने मौका गुमाएको छ ।
बराबरीपछि संकटा १४ अंकका साथ तेस्रो स्थानमा यथावत छ । शुक्रबार जितेको भए संकटाले दोस्रो स्थानको मनाङसँग अंक बराबर गर्ने थियो । तर, बराबरीपछि त्यो मौका गुमायो । मछिन्द्र १७ अंकका साथ शीर्ष स्थानमा छ ।
मनाङले शनिबार पोखरा रंगशालामा च्यासल युथविरुद्ध प्रतिस्पर्धा गर्नेछ भने मछिन्द्रले पुछारको फ्रेण्ड्सविरुद्ध खेल्नेछ । बराबरीपछि सातदोबाटो भने ९ अंकका साथ आठौं स्थानमा यथावत छ ।
सातदोबाटोले विपक्षी गोलकिपर राजाबाबु थापाले गरेको गल्तीको फाइदा उठाउँदै २३औं मिनेटमा अग्रता लिएको थियो । संकटाका रक्षक निरज बस्नेतले दिएको ब्याक पासलाई गोलकिपर राजाबाबुले राम्रोसँग क्लियर गर्न सकेनन् । राजाबाबुले सातदोबाटो युथका दीपकराज सिंह ठकुरीलाई छलाएर क्लियर गर्न लाग्दा चिप्लिएर लडे । त्यसपछि प्रहार गरेको बल सातदोबाटोकै फरवार्ड सुशील राईको छातीमा लागेर पोष्ट भित्र छिर्याे ।
३०औं मिनेटमा सातदोबाटोका सुदीप गुरुङ आभागी बने । दीपकराजले दिएको ब्याक पासमा सुदीपले २३ यार्डबाट हानेको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो ।
त्यसको दुई मिनेट बित्न नपाउँदै संकटाका जया गुरुङले बराबरी गोल फर्काए । ३२औं मिनेटमा दीपेश आलेमगरको पासमा जय गुरुङले २५ यार्डबाट दोस्रो बार च्यापेर हानेको लामो प्रहारलाई सातदोबाटोका गोलकिपर अविशेक बरालले रोक्न सकेनन् ।
दोस्रो हाफमा सातदोबाटोले गोलका केही राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न नसक्दा अंक बाड्न बाध्य भयो ।
photo:ANFA
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |