काठमाडौं, २२ पुस
नेपाल क्रिकेट संघ (क्यान)ले पहिलोपटक प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगिता टी-२० फर्म्याटमा आयोजना गर्ने भएको छ ।
क्यानका कार्यबाहक सविच प्रशान्तबिक्रम मल्लले २६ पुसबाट सुरु हुने प्रतियोगिता अब टी-२० फर्म्याटमा हुने न्युज कारखानालाई बताए । ‘आज राखेपबाट स्वीकृत भएको छ । अब टी-ट्वान्टी फर्म्याटमा प्रतियोगिता हुन्छ,’ उनले भने ।
यसअघि प्रतियोगिता एकदिवसीय (५० ओभर) हुने गरेको थियो । नेपालले आगामी महिना ओमानमा आयोजना हुने आईसीसी टी-२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ । त्यसको तयारीमा लागि नेपाली टोलीले आफ्नो अभ्याससमेत सुरु गरिसकेको छ ।
२६ पुसबाट हुने भएसँगै क्यानले सहभागी खेलाडीलाई छाड्नेछ । प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ३६ लाख ५० हजार विनियोजन गरेको कार्यबाहक सचिव मल्ले जनाए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |