काठमाडौं, २२ पुस
चालु आर्थिक वर्षको कात्तिकसम्ममा स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या ४३ लाख नाघेको छ । विभिन्न सरकारी कामका साथै तलबभत्ता भुक्तानीमा लागि समेत प्यान अनिवार्य गरे पछि प्यान लिने सर्वसाधारण बढ्दै गएका हुन् ।
अर्थ मन्त्रालयका अनुसार २०७८ कात्तिकसम्ममा प्यान नम्बर लिनेको संख्या ४३ लाख ४८ हजार नाै सय ३७ पुगेको छ । २०७८ असारसम्ममा प्यान लिनेको संख्या ४० लाख ६३ हजार एक सय ३१ थियो । चालु आवको चार महिनामा प्यान लिने तीन लाखले बढेका छन् ।
सरकारले एक हजारभन्दा माथिको भुक्तानीमा प्यान नम्बर अनिवार्य गरेको छ । यसैगरी विभिन्न सरकारी कामका लागि समेत प्यान अनिवार्य गरेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |