बेइजिङ, २२ पुस
चीनले ‘कृत्रिम सूर्य’ को सफल परीक्षण गरेको छ ।
भविष्यमा स्वच्छ उर्जाका लागि मार्ग प्रशस्त गर्न भन्दै उसले कृत्रिम सूर्यको परीक्षण गरेको हो । एक्सपेरियन्सल एडभान्स्ड सुपरकन्डक्टिङ टोकामाक (इएएसटी) नाम दिइएको परीक्षणलाई बेइजिङले पारमाणविक फ्युजन भट्टी भनेको छ । ७ करोड डिग्री सेल्सियस ताप भएको सो भट्टीलाई १७ मिनेटभन्दा बढी समय सञ्चालनमा ल्याइएको थियो ।
पछिल्लो परीक्षणले वैज्ञानिकहरुलाई ‘असिमित स्वच्छ उर्जा’ तर्फ अघि बढेको विज्ञहरुले बताएका छन् । साउद चाइन मर्निङ पोस्टको एउटा रिपोर्टअनुसार कृत्रिम सूर्यको तापक्रम ७ करोड डिग्री सेल्सियस थियो । त्यो भनेको वास्तविक सूर्यभन्दा पाँच गुणा तातो हो । कृत्रिम सूर्यको यो तापक्रम १७ मिनेट ३६ सेकेन्डसम्म रहेको थियो ।
हाइड्रोजन र डियुटेरियमलाई उमालेर प्लाज्मा बनाइ सो भट्टीको तापक्रमक सूर्यकोभन्दा पाँच गुणबढी बनाइएको थियो ।
कृत्रिम सूर्य चलाउन जीवाशेष इन्धनको आवश्यकता नपर्ने तथा त्यसले कुनै हानिकारक चिज उत्सर्जन नगर्ने भएकाले यसलाई भौतिकशास्त्रीहरूले वातावरण मैत्री मान्दै आएका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |