धादिङ,२१ पौष ।
नेपालमा कोरोना भाइरस संक्रमण बढ्न थालेको छ । यो साताको तथ्यांक हेर्दा दैनिक कोरोनाबाट संक्रमित हुनेको संख्या बढेको हो । पछिल्लो २४ घण्टामा देशभर १० हजार २६७ को कोरोना परिक्षणमा ४३५ संक्रमित थपिदा २६९ संक्रमित डिस्चार्ज भएका छन्।
देशभरका प्रयोगशालाबाट ६ हजार ७१५ जनाको पीसीआर गर्दा ३७० र ३ हजार ५५२ जनाको एन्टिजेन परिक्षणमा ६५ गरी ४३५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
मंगलबार मात्रै ३९३ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख २६ हजार ३८५ पुगेको छ भने हालसम्म संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख १३ हजार १७६ पुगेको छ।
योसँगै हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार २२५ रहेको छ भने सङ्क्रमणमुक्त हुनेको दर ९८ प्रतिशत रहेको छ। यस्तै पछिल्लो २४ घण्टामा मृत्यु हुनेको शंख्या शुन्य रहेको छ । हालसम्म सङ्क्रमणका कारण एघार हजार ६०१ को मृत्यु भएको मन्त्रालयको तथ्याङ्मा उल्लेख गरिएको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |