उदयपुर, २१ पुस
उदयपुरको रौतामाई गाउँपालिका- ४ र ६ निगालेका किसानहरू अहिले व्यावसायिक सुन्तालाखेती तर्फ आकर्षित भएका छन् । गाउँमै यातायातको सुविधा पुगेपछि सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि किसाकहरू सुन्तला खेतीतर्फ आकर्षित भएका हुन् ।
पहिला बाजे पुर्खाहरूले खान, बाँड्न र सामान्य बेच्न लगाएको दुई चार झ्याङ सुन्तला अहिले जीविकोपार्जनमा परिणत भएको किसान जीवन राईले बताए । राईका अनुसार पुरानो बोटबाट आम्दानी लिँदै र अन्य बिरुवाहरू लगाउने क्रम बढ्दो छ ।
एकै परिवारले ५०० वटाभन्दा बढी सुन्तलाको बिरुवा लगाएर व्यवस्थित तरिकाले सुन्तला खेती गर्दै आएका छन् । परम्परागत रूपमा मकै कोदो लगाउँदै आएको खेतीयोग्य जमिनहरूमा अहिले सुन्तला लगाउन थालिएकाे किसानहरूले बताउँछन् । गाउँमा यातायातकाे सुविधा पुगेसँगै बजारमा एकै पटकमा धेरै सुन्ताला बजारसम्म पुर्याउन सकिने भएको हुँदा सुन्तला खेतीमा किसानकाे आकर्षण बढेकाे हाे । जसबाट उनीहरूले राम्रो आम्दानी पनि गरेका छन् ।
निगालेमा उत्पादित सुन्तला अहिले गाईघाटमा एक करोडभन्दा बढी भित्रिने अनुमान गरिएको सुन्तला किसान रामकुमार राईले बताए । उनका अनुसार एकै घरबाट वार्षिक पाँचदेखि ६ लाखसम्म सुन्तला बिक्री गर्दै आएका छन् ।
वर्षभरिको खेतीपातीले तीन महिना खान पुग्दैन तर एउटा सुन्तलाको झ्याङबाट १० हजारसम्म पैसा लिन सकिने किसान गणेश राईले बताए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |