काठमाडौं, २० पुस
सुनचाँदी व्यवसायीहरूले १० लाख रुपैयाँसम्म सुन कारोबार गर्दा नगदमै गर्न पाउनुपर्ने माग गरेका छन् ।
मंगलबार आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलसँग भेट गरी नेपाल सुनचाँदी ब्यवसायी महासंघले नगद कारोबारको सीमा बढाउन माग गरेका हुन् ।
हाल सुन चाँदीलगायतका बहुमूल्य धातुको कारोबार गर्दा ५० हजारसम्म मात्र नगदमा गर्न पाइने व्यवस्था छ । यसभन्दा बढीको कारोबार बैंकिङ प्रणालीबाट गर्नुपर्ने प्रावधान छ । तर, यो व्यवस्थाको प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन ।
महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले महानिर्देशक पौडेलसँगको भेटमा आर्थिक नियमावलीमा सुनचाँदीका मुद्दा समावेश गर्न सरकारसँग आग्रह गरेका छन् । उनीहरूको जर्तीको मापदण्डमा एकरुपता कायम गर्दै १० प्रतिशत गर्नुपर्ने र लेखापरीक्षणमा एकरुपता कायम गर्नसमेत माग गरे ।
विभागका महानिर्देशक पौडेलले व्यवसायीले उठाएका मागहरूलाई अध्ययन गरी सम्बाेधन गर्न पहल गर्ने आश्वासन दिएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘व्यवसायीका समस्या समाधान गर्न विभागले सदैव सहयोग गर्दै आइरहेको छ । अब पनि के गर्न सकिन्छ त्यो अध्ययन गरी हामी आवश्यक निर्णय लिन्छौं,’ उनले भने ।
महासंघका अध्यक्ष शाक्यले प्रष्ट कानुनी व्यवस्थाको अभावमा बजारमा व्यवसायीबीच द्विविधा उत्पन्न नहोस् र जर्ती जस्तो विषयमा व्यवसायीले आफूखुसी सीमा निर्धारण गर्दा एउटै सामानको पसलपिच्छे फरक फरक मूल्य कायम नहोस् भन्ने उद्देश्यले आर्थिक नियमावलीमार्फत यसलाई समेट्न आग्रह गरिएको बताए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |