धादिङ,१९ पुस।
धादिङ प्रहरीले चोरी मुद्धाका फरार एक प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ कात्राकका २१ वर्षिय श्याम प्रजा भन्ने सुर्य बहादुर मगर रहेका छन्।धादिङ जिल्ला अदालतले चोरी मुद्दामा ७ महिना २४ दिन कैद सजायको फैसला सुनाएसँगै फरार रहेका प्रजा मलेखुबाट पक्राउ परेका हुन्।
प्रहरीले उनको शरीर तथा बसोबास गर्ने घर कोठा खानतलासी गर्दा दुई हजार ७५० को रिचार्ज कार्ड, दुई हजार ५ सय नगद र कोठाबाट सुनको छड्के तिलहरी थान १, सुनको माईली तिलहरी थान १, सुनको जन्तर थान १, सुनको रामलिला झुम्का १ जोर, चाँदीको कल्ली १ जोर, चाँदीको बाला ३ वटा, आईफोन द्धक् मोबाईल थान १ बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका प्रजा बेनिघाट रोराङ गाउँपालिका वडा नं. ३ करङखोलामा रहेको ब्लु हेबन रेष्टुरेण्ट एण्ड बार र द ब्लु हेबन रेष्टुरेण्ट प्रा.लि.मा भएको चोरी मुद्दाका मुख्य प्रतिवादी रही जिल्ला अदालत धादिङमा विचारधिन अवस्थामा रहेको उक्त मुद्दामा समेत फरार रहेका प्रतिवादी हुन्।
पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि चोरी तथा डाँका सम्बन्धि कसुर मुद्दामा जिल्ला अदालत धादिङबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |