काठमाडौं, १९ पुस
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सकिएको छ । राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार तय गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।
बैठकले १२ माघमा हुन लागेको राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेदवार तय गरेको छ । प्रदेश १ मा गोपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा पुन र सुदूरपश्चिममा नारायण दत्त मिश्र उम्मेदवार रहने केन्द्रीय सदस्य गोविन्द भट्टराईले जानकारी दिए ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि साेमबार दोस्रो केन्द्रीय कार्यसमिति बैठक बसेकाे हाे । केन्द्रीय कार्यसमिति बैठक बस्नु अघि पदाधिकारी बैठक बसेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |