एजेन्सी
न्युयोर्क, १८ पुस
कोभिड संक्रमण र खराब मौसमका कारण शनिबार विश्वभर करिव चार हजार ४०० उडान रद्द भएका छन् । रद्द भएकामध्ये आधाभन्दा बढी अर्थात दुई हजार ५०० उडान अमेरिकामा भएको एअर ट्राफिक साइट फ्लाइटअवेरले जनाएको छ ।
कोभिड संक्रमितको संसर्गमा रहका वायुसेवाका कर्मचारी क्वारेन्टिनमा बस्दा समस्या अझै जटिल बनेको फ्लाइटअवेरले जनाएको छ । त्यस्तै, हिमपातलगायत प्रतिकूल मौसम उडानमा अर्को बाधक बनेको थियो । चाइना इस्टर्नले ५०० र एयर चाइनाले २०० भन्दा बढी उडान रद्द गरेको थियो ।
अमेरिकामा साउदवेस्टले ४५० उडान रद्द गरेको थियो । त्यस्तै, अमेरिकन एयरलाइन्स र डेल्टा एयरले २०० तथा युनाइटेड एयरलाइन्सले १५० भन्दा बढी उडान रद्द गरेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |