एजेन्सी
नयाँ दिल्ली, १८ पुस
भारतमा एउटा हिन्दु मन्दिरमा भागदौड हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ । भारत प्रशासित कश्मीरको माता बैष्णाे देवी मन्दिरमा विवादपछि भएको भागदौडमा अन्य थुप्रै घाईते भएका छन् । मृत्युप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिराे दुःख व्यक्त गरेका छन् ।
सो मन्दिरमा हरेक दिन दशौं हजार मानिस जाने गर्छन् । बिदाका कारण शनिबार मन्दिर जाने तिर्थालुको संख्या अन्य दिनभन्दा धेरै थियो ।
मन्दिरमा अंग्रेजी नयाँ वर्षको पहिलो दिन हजारौं भक्तजनको भिड लागेकाे थियो । महामारीपछि मन्दिरमा दैनिक बढीमा २५ हजार जनालाई मात्र जाने अनुमति दिइएको छ । तर, शनिरबार मन्दिरमा अनुमति दिएभन्दा दोब्बर संख्यामा भक्तजनको भिड लागेकाे थियाे ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |