काठमाडौं, १६ पुस
राप्रपाको अध्यक्षबाट पराजित भएपछि कमल थापाले दिएको अभिव्यक्तिको पार्टीभित्रबाटै विरोध हुने क्रम बढेको छ । एक महिनाअघि भएको पार्टीको महाधिवेशनमा आफूले पेस गरेको राजनीतिक प्रतिवेदनमा राजसंस्थासहितको लोकतन्त्रको राजनीतिक लाइन अवलम्बन गरिने उल्लेख गरेका थापाले अध्यक्षमा पराजित भएपछि यसविपरीत अभिव्यक्ति दिन थालेपछि उनको विरोध भएको हो ।
उनी पार्टी अध्यक्ष रहँदा पार्टीको प्रचार विभागको सदस्य सचिव रहेका सुजित केसीले राप्रपाको आधिकारिक लाइनविपरीत अभिव्यक्ति दिनेहरूमाथि छानबिन गरेर कारबाही गरिनुपर्ने बताउँछन् ।
‘राप्रपाको जिम्मेवार सदस्य भएर राजा वा राजसंस्थाबारे भ्रम फैलाउने, घृणा पैदा गर्ने, कार्यकर्ता/शुभेच्छुक/शुभचिन्तकलाई विभाजित गर्ने कार्य दुःखद् छ । यस्ता कार्य तत्काल रोकिनुपर्छ,’ उनी न्युज कारखानासँग भन्छन्, ‘महाधिवेशनको बन्द सत्रमा आफैंले राजनीतिक कार्यपत्र पेस गर्ने, राजसंस्थासहितको लोकतन्त्रको राजनीतिक लाइन सर्वसम्मतिले पास गर्ने र महाधिवेशनको परिणाम आएको एक घण्टा भित्र राजनीतिक लाइनविपरीतको अभिव्यक्ति दिने मात्रै होइन त्यसलाई निरन्तर उठाइरहने प्रवृत्ति अप्रजातान्त्रिक, अमर्यादित, व्यक्तिवादी र आफू नरहे सर्वस्व डुब्छ भन्ने मनोरोग हो ।’
पार्टीको आधिकारिक लाइनविपरीत अभिव्यक्ति दिने कार्य तत्काल रोक्नुपर्ने उनको जोड छ ।
अघिल्लो महिना भएको राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएका थापाले राजसंस्थाविपरीत अभिव्यक्ति दिँदै आएका छन् । महाधिवेशनपछि उनी पार्टी कार्यालयसमेत गएका छैनन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |