काठमाडौं, १४ पुस
बागमती प्रदेश तेक्वान्दो संघको आयोजनामा प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा आयोजकसहित सातै प्रदेश, एपीएफ, नेपाल प्रहरी र नेपाली सेनाका गरी ११ टोलीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष केशव पुरीले जानकारी गराए ।
प्रतियोगितामा ग्योरोगीतर्फ १६ तथा पुम्से तर्फ ८ स्पर्धा समावेश छन् । ग्योरोगीतर्फ उत्कृष्ट हुने पुरुष तथा महिला खेलाडीलाई जनही ५ हजार रुपैयाँबाट पुरस्कृत गरिने छ । प्रतियोगितामा ३ सय ३० खेलाडी सहभागी हुने छन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३२ लाख १ हजार २ सय रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । प्रदेश टोलीको यातायात, खाना र बसोबास खर्च आयोजकले बेहोर्ने अध्यक्ष पुरीले बताए ।
प्रतियोगिताको मुख्य प्रायोजक काठमाडौं महानगरपालिका रहेको छ । अन्य प्रायोजकमा ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र नागार्जुन नगरपालिका छन् ।
दुई दिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइने छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |