काठमाण्डौ,१४ पुस।
यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) छपाइ पुनः सुरु गरेको छ ।
कार्ड नभएकाले विगत १५ महिनादेखि छपाइ बन्द थियो । फ्रान्सबाट १४ लाख प्रति कार्ड ल्याइएपछि छपाइ सुरु भएको यातायात व्यवस्था विभागले जनाएको छ । यसअघि विदेश जानेहरूका लागि मात्र आकस्मिक रूपमा लाइसेन्स दिने गरिएको थियो ।
अहिले नयाँ–पुराना गरी झण्डै ७ लाख स्मार्ट लाइसेन्स छपाइ हुन बाँकी रहेको विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिनुभयो । अब प्रतिदिन ७ देखि १० हजार कार्ड छपाइ गर्ने योजना रहेको उहाँको भनाई छ ।
सरकारले २०७२ सालबाट स्मार्ट लाइसेन्स वितरण थालेको हो । कार्ड सप्लाईको ठेक्का फ्रेन्च कम्पनी सेल्पले १४ करोड ८६ लाख रुपैयाँमा लिएको थियो ।
अहिलेसम्म २० लाख स्मार्ट लाइसेन्स वितरण भइसकेको छ । विभागले नयाँ आवेदन पनि खुला गरिरहेको छ । विभागका प्रवक्ता डा. भुसालका अनुसार बाँकी रहेका लाइसेन्सलाई पहिलो प्राथमिकता दिएर कार्ड छपाइ हुनेछ ।उज्यालो
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |