काठमाडौं, १३ पुस
कीर्तिमानी अल्ट्रा म्याराथन धाविका मीरा राई रारा म्याराथनको सद्भावना दूत (गुडवील एम्बासडर) नियुक्त भएकी छिन् । आगामी ११ वैशाखमा मुगुको रारा तालबाट सुरू भई चुचेमारा हिमाल, डाँफे लेकहुँदै जुम्ला बजार पुगेर समापन हुने रारा म्याराथनको तयारी तिव्र पारिएसँगै राईलाई सद्भावना दूत नियुक्त गरिएकाे हाे । म्याराथनकाे आयोजना र व्यवस्थापन अन्तरालले गरेकाे हाे । यस प्रतियाेगितामा पुरुष तथा महिला फुल म्याराथनका दुवै विधामा समान पुरस्कार रहनेछ ।
सद्भावना दूतसहित मिरा राई रारा म्याराथनमा समेत सहभागी हुने छिन । ‘म नयाँ खेलाडीलाई प्रोत्साहन गर्न उनीहरूसँगै दौडिने छु तर प्रतियोगीका रुपमा होइन्,’ मीराले भनिन् ।
मीरा राई विश्व एथलेटिक्स जगतमा साहसिक नेपाली ट्रेल तथा स्काई रनरका रूपमा परिचित एथ्लेट हुन । दर्जनौँ अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भएर पदक जित्न सफल मीरा सन् २०१७ को ‘नेसनल जोग्राफी एड्भेन्चर अफ द एयर’ विजेता पनि हुन् ।
रारा म्याराथनका अध्यक्ष जयनारायण शाहले मीरा राई जस्तो कीर्तिमानी धाविकालाई सद्भावना दूतको रुपमा पाउँदा रारा म्याराथनको उचाई बढेको बताए । उनले भने, ‘मीरा जस्तो व्यक्तित्व, जसको जीवनयात्रा सुन्दा दन्त्यकथा जस्तो लाग्छ । उहाँको अनुभव, साहस र अन्तराष्ट्रिय अनुभवबाट नयाँ खेलाडीले धेरै कुरा सिक्नेछन् ।’
उनले जुम्ला विश्व किर्तिमानी धावक हरिबहादुर रोकायाकाे ठाँउसमेत भएकाे बताए । ‘उहाँको मार्गनिर्देशनमा बढिरहेका छौं,’ अध्यक्ष शाहले भने, ‘जुम्लामा हरिदाईको अनुभव, लगाव, मिहिनेतले हुर्किएका नयाँ खेलाडीको लागि रारा म्याराथन घरमै हुने ठूलो अवसर हुनेछ, सबै खेलाडीको लागि त छदैछ ।’
म्याराथनलाई भव्य रूप दिन सबै पक्षसँग छलफलअघि बढेको उल्लेख गर्दै रारा म्याराथनका इभेन्ट को-अर्डिनेटर चक्रबहादुर चन्दले सबैलाई सहकार्यका लागि अनुरोध गरे ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |