लन्डन, १३ पुस
बढ्दो जलवायु परिवर्तनले संसारभरका लाखौं मानिसमा पीडा दिएको एउटा पछिल्लो अध्यनले देखाएको छ । चेरिटी क्रिश्चियन एड नामक संस्थाले गरेको अध्ययनमा जलवायु परिवर्तनका कारण यो वर्ष विश्वमा भएका १० डरलाग्दा प्राकृतिक घटना र त्यसले पुर्याएको अर्बौं डलर क्षतिबारे उल्लेख गरिएको छ । यस वर्षको अगस्टमा अमेरिकामा आएको आँधी इडा र जुलाईमा युरोपको बाढीले सबैभन्दा ठूलो क्षति पुर्याएको अध्ययनमा उल्लेख छ ।
केही क्षेत्रमा बाढी र आँधीले मानिसहरुलाई सामूहिक रुपमा विस्थापन गरेको छ । तर, सबै मौसमी विपद् जलवायु परिवर्तनसँग सम्बन्धित छैनन्, तथापी वैज्ञानिकहरुले विपद् र जलवायु परिवर्तनबीच गहिरो सम्बन्ध रहेको बताउँदै आएका छन् ।
प्रसिद्ध अनुसन्धानकर्ता डा. फेइडेरिक ओटोका अनुसार संसारमा भएका तातो हावा मानिसका कारण उत्पन्न जलवायु परिवर्तनको उपज हो । जलवायु परिवर्तनले पनि आँधी र हुरिकेनलाई प्रभाव पारेको उनको भनाई छ ।
अमेरिकामा यसै वर्ष आएको शक्तिशाली आँधीले विभिन्न राज्य र न्युयोर्क लगायतका सहरमा पहिलो पटक आपतकाल घोषणा गरिएको थियो । सो आँधीमा करिव ९५ जनाको मृत्यु भएको थियो भने ६५ अर्ब डलर क्षति भएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |