काठमाडौं, १२ पुस
सातदोबाटो युथ क्लबलाई २-० अन्तरले पराजित गर्दै जावलाखेल युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला सोमबार भएको खेलमा वैकल्पिक खेलाडी विपिन कँडेल र विदेशी खेलाडी निकोलास फर्नाण्डेजले दोस्रो हाफमा गोल गरेपछि जावलाखेलले सहज जित पाएको हो ।
खेलको ५०औँ मिनेटमा जावलाखेलले अग्रता बनाएकाे थियो । जावलाखेलका वैकल्पिक खेलाडी विपिन कँडेलले सिक्स यार्ड बक्सबाट सहज गोल गरेका थिए । ७०औँ मिनेटमा जावलाखेलले अग्रता दोब्बर बनायो । विदेशी खेलाडी निकोलास फर्नाण्डेजले बक्स बाहिरबाट गरेको प्रहारमा गोलरक्षक अभिषेक बराललाई टच हुँदै बलले जाली चुम्यो ।
खेलमा सातदोबाटोको तुलनामा जावलाखेलले बलमाथि पकड र पोस्ट बढी जमायाे । जितसँगै जावलाखेल ६ खेलबाट ७ अंक बनाउँदै नवौं स्थानमा उक्लिएको छ । यता, सातदोबाटो समान खेलबाट ८ अंकसहित पाचौँ स्थानमा यथावत छ ।
योसँगै शीर्ष डिभिजन लिगको छैठौँ चरणको खेल सकिएको छ । १३ अंक बनाएको मच्छिन्द्र फुटबल क्लब शीर्षस्थानमा छ । तीन अंक बनाएको फ्रेण्ड्स पुछारमा छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |