काठमाडौं, १२ पुस
नबिल बैंकको मोबाइल बैंकिङबाट ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने भएको छ । बैंकका ग्राहकलाई विद्युतीय भुक्तानीमा सहजता प्रदान गर्न भुक्तानी सेवा प्रदायक खल्ती र नबिल बैंकबीच सम्झौता भएको छ ।
बैंकसँग भएको सम्झौता डिजिटल नेपालका लागि अर्को कोशेढुंगा हुने खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बताए ।
नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बैंकका ग्राहकहरूलाई डिजिटल भुक्तानी सेवा प्रदान गर्न खल्तीसँग सहकार्य गरिएको जानकारी दिए ।
खल्तीमा हाल २० लाखभन्दा बढी ग्राहक छन् । उक्त वालेटमार्फत बिल भुक्तानी, मोबाइल तथा टिभी रिचार्ज, बिमा प्रिमियम भुक्तानी, अनलाइन सपिङलगायतका सेवा लिन सकिने कम्पनीले जनाएको छ । यसमार्फत कारोबार गर्दा क्यासव्याक तथा छुट जस्ता आकर्षक सुविधासमेत रहेको कम्पनीले जनाएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |