धादिङ १२
नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ५ बाट विभिन्न पार्टी परित्याग गरी ३० जना जसपामा प्रवेश गरेका छन् ।वडा नम्बर ५ को वडा भेलाको अवसर पारेर ३० जना जसपा प्रवेश गरेका जसपा नेपालका सह–सचिव तथा प्रवक्ता अर्जुन सापकोटाले जानकारी दिनुभयो ।
अबको विकासको लागि जसपानैै उत्तम पार्टी भएको भन्दै वडा नम्बर ५ का ३० जना जसपामा प्रवेश गरेका सापकोटाले बताउनुभयो ।
उक्त भेलाले सन्त बहादुर तामाङ अध्यक्ष र रेशम बिश्वकर्मा सचिव रहने गरी २३ सदस्यीय वडा समिति समेत गठन गरेको छ । नेत्रावती डबजोङ गाउँपालिका जसपा अध्यक्ष जित बहादुर बि.कको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला अध्यक्ष राम ढकालको प्रमुख आतिथ्य र जसपा जिल्ला सह–सचिव अर्जुन सापकोटाको विशेष आतिथ्यता रहेको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |