काठमाडौं, ११ पुस
चालु आर्थिक वर्ष २०७८/७९ को मंसिरसम्ममा २८ दशमलव १ प्रतिशत सर्वसाधारणको पहुँचमा बिमा सेवा पुगेकाे छ । गत वर्ष यसै अवधिमा बिमाको पहुँच २२ दशमलव १४ प्रतिशत रहेको थियो ।
बिमा समितिका अनुसार मंसिरसम्ममा ९० लाख नाै हजार एक सय ५३ वटा जीवन बिमा, ६ लाख १० हजार वैदेशिक रोजगार गरी कुल ९६ लाख १९ हजार चार सय ४७ वटा जीवन बिमालेख जारी भएको छ ।
जीवन बिमाबाट कम्पनीहरूले मंसिर ०७८ सम्ममा ५७ अर्ब ७९ करोड रुपैयाँ बिमालेख संकलन गरेका छन् । यसैगरी मंसिर मसान्तसम्ममा १२ लाख ४८ हजार निर्जीवन बीमालेखमार्फत ७३ अर्ब २२ करोड बिमाशुल्क संकलन भएको समितिले जानकारी दिएको छ ।
चालु आबको मंसिरसम्ममा जीवन बिमा कम्पनीहरूले १५ अर्ब ३४ करोड प्रथम बिमा शुल्क उठाएका छन् । यसैगरी, मंसिरमा मात्र तीन अर्ब १३ करोड प्रथम बिमाशुल्क संकलन गरेको समितिको तथ्यांकमा उल्लेख छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |