धादिङ,१० पुस। नेपाली काग्रेसका १४ औ महाधिबेशन बाट केन्द्रिय सदस्यमा दिलमान पाख्रिन निर्वाचित भएपछि सेमजोङ बासीमा खुसीयाली छाएको छ ।
धादिङ बाट पहिलो पटक केन्द्रिय सदस्य भएकोे र त्यसमा पनि आदिबासी जनजातीहरुको ढुकढुकी पाख्रिन नै बिजय भएकामा नेपाली काग्रेस निकट सेमजोङ बासीमा खुसी छाएको हो ।
नेपाली काग्रेस धादिङका नव निर्वाचित सह सचिब बिजय तामाङका अनुसार अहिले दिलमान पाख्रिनको बिजयी भएको अवसरमा सेमजोङको टोल टोलमा खुसीसाटासाट कार्यक्रम भैरहेको छ ।
पाख्रिनको बिजयले अहिले गाउ नै उल्लासमय भएको तामाङको भनाई छ । दिलमान पाख्रिन १९७६ मत प्राप्त गरि आदिबासी खुल्ला तर्फबाट केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |