धादिङ,१० पुस।
यो हप्ता चिसो बढ्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । पश्चिमी वायुको प्रभावले यो हप्ता दिउँसो घाम लाग्दै बादल लाग्ने देखिएकाले चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो घाम लाग्दै बादल लाग्ने भएकाले अधिकतम तापक्रम पनि घटेर चिसो बढ्ने महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो।अहिलेको अवस्था हेर्दा आउँदो मंगलबार र बुधबारलाई देशका पहाडी भूभागमा हल्का पानी पर्ने देखिएको उहाँले बताउनुभयो ।
पश्चिमी वायुको प्रभावले आज पनि देशका धेरै ठाउँमा घाम लाग्दै बादल लागेको मौसमविद् पौडेलले जानकारी दिनुभयो ।यसले चिसो बढ्ने भएकाले तातो न्यानो भएर बस्न पनि उहाँले सबैलाई सुझाव दिनुभएको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |