धादिङ,१० पुस।
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) धादिङको अध्यक्षमा अर्जुन श्रेष्ठ निर्वाचित हुनुभएको छ।‘समावेशी लोकतन्त्रको आधार, पूर्ण समावेशी सञ्चार’ भन्ने मुल मर्मका साथ शनिबार धादिङबेसीमा सम्पन्न भएको चौंथो अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको हो।श्रेष्ठ रेडियो धादिङका कार्यक्रम संयोजक तथा नयाँ पत्रिका दैनिकका धादिङ संवाददाता हुनुहुन्छ।
यस्तै कार्यसमितिको उपाध्यक्षमा बाबुराम श्रेष्ठ, सचिवमा रेख बहादुर गुरुङ, कोषाध्यक्षमा राजकुमार शाक्य, सह–सचिवमा सुस्मिता श्रेष्ठ चयन हुनुभएको छ। त्यस्तै सदस्यहरुमा राजाराम डंगोल, बिनोद तमु, कल्पना श्रेष्ठ, सुनिता चेपाङ, पवित्रा थापा मगर र विरमान तामाङ चयन हुनुभएको छ।
यसैगरी अधिवेशनबाट प्रदेश प्रतिनिधिमा शंकर श्रेष्ठ, सन्तोषराज श्रेष्ठ, दोलख गुरुङ र डोल्मा मम्बा चयन हुनुभएको छ भने पर्यवेक्षकमा लक्ष्मी भुजेल र संघमा उद्धव चेपाङ र अनिता शाक्यलाई चयन गरेको छ।
नव निर्वाचित अध्यक्ष श्रेष्ठले सपथ ग्रहण गर्दै नयाँ कार्यसमितिले जिल्लामा रहेका आदिवासी जनजाति पत्रकारहरुको हकहितमा काम गर्ने बताउनुभएको छ । पछिल्लो समय पत्रकारितामा प्रवेश गर्दै छाड्दै गर्ने क्रम बढेको भन्दै पत्रकारितामा भविष्य खोज्दै गरेकालाई दिगो व्यवस्थापनमा जोड दिने बताउनुभयो ।
अध्यक्ष श्रेष्ठले आदिवासी जनजातिका सवाल जनजाति पत्रकारले नै जोडदार उठाउन पर्ने भन्दै त्यसको लागि जनजाति पत्रकारलाई सक्रिय बनाउन फोनिज धादिङले भुमिका खेल्ने बताउनुभयो।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |