काठमाण्डाै – रुसकाे मस्काेमा रहेकाे एक अदालतले विश्व प्रसिद्ध अमेरिकी कम्पनी गुगललाई जरिबाना गर्ने भएको छ ।
रूसी अधिकारीहरूले ठूला विदेशी प्राविधिक कम्पनीविरूद्धको कारबाहीलाई अघि बढाउँदै अवैध सामग्रीहरू हटाउन नसकेको अभियोगमा गुगललाई जरिबाना गर्ने भएको हाे ।
अदालतले हिजाे गुगललाई नौ करोड ८० लाख अमेरिकी डलर बराबरको जरिबाना गर्ने आदेश दिएको हो ।
अदालतको प्रेस सेवाले जरिबाना सम्बन्धी जानकारी टेलिग्राममार्फत गराएको बीबीसीमा उल्लेख छ । केही युरोपेली देशले जस्तै गुगलले अवैध सामग्री राखेको भन्दै आपत्ति जनाउँदै यस्ता सामग्री हटाउन दबाब दिँदै आएको छ।
इन्टरनेट सर्च, क्लाउड कम्प्युटिङ र विज्ञापनको क्षेत्रमा अत्याधिक लगानी गरेको गुगल संयुक्त राज्य अमेरिकाको एक बहुराष्ट्रीय सार्वजनिक कम्पनी हो ।
इन्टरनेटमा आधारित बहुसङ्ख्यक सेवा तथा उत्पादनहरूको आयोजना तथा विकास गरेर आफ्नो विज्ञापनजन्य कार्यक्रम ‘एडवर्ड्स’को माध्यमबाट नै गुगलले नाफा कमाउँछ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |