काठमाडौं : नेपाली बालबालिका एवं अशक्त बृद्धबृद्धाका लागि प्रतिमहिना १५ करोड ९७ लाख १० हजार २५० रूपैयाँको डायपर आयात हुने गरेको छ। भन्सार विभागले प्रकाशन गरेको आर्थिक वर्ष २०७८/७९ चार महिनाको तथ्याङ्कमा आयातको उक्त अंक उल्लेख भएको छ।
डायपरलाई नेपालीका सामान्य बोलीचालीको भाषामा थाङ्नो भनिन्छ। समाज आधुनिक बन्दै गएपछि डायपरको प्रयोग बढ्दै गएको हो। हिजोका नेपाली पुर्खाले आधुनिक डायपरको सट्टामा थाङ्नोलाई डायपरका रुपमा प्रयोग गर्दथे।
आर्थिक वर्ष २०७८/७९ का चार महिनामा विभिन्न १२ मुलुकबाट ६३ करोड ८८ लाख ४१ हजार रूपैयाँ बराबरका चार करोड ६९ लाख ९० हजार ९९४ थान डायपर आयात भएको हो। सबैभन्दा धेरै भारतबाट ६० करोड ७० लाख १९ हजार १४३ मूल्य बराबर चार करोड ४६ लाख ६६ हजार ६०४ थान डायपर आयात भएको छ। आयात भएको डायपरको भन्सार मूल्य १३ रुपैयाँ ५९ पैसा हुन आउँछ।
दोस्रो धेरै आयात हुने मुलुकमा चीनबाट दुई करोड ६३ लाख ५४ हजार ६९ रूपैयाँ मूल्य बराबर १९ लाख ३९ हजार २८४ थान डायपर आयात भएको छ। उक्त तथ्यांकलाई केलाउँदा नेपालीका लागि प्रतिमहिना एक करोड १७ लाख ४७ हजार ७४८ थान डायपरको आवश्यकता रहेको देखिन्छ।
तेस्रो डायपर आयात हुने मुलुकमा पाकिस्तान पर्दछ। पाकिस्तानबाट चार महिनाको अवधिमा तीन लाख २८ हजार ६४० थान डायपर ४४ लाख ६६ हजार २१७ रूपैयाँमा आयात भएको छ। शिशुको मलमूत्र सोस्न वा जम्मा गर्न शिशुको कांछ र गोडाको वरिपरि पट्याइएको नरम कपडा वा थाङ्नोलाई अंग्रेजीमा ‘डायपर’ भनिन्छ।
नेपालले डायपर आयात गर्ने चौथो ठूलो मुलुक थाइल्याण्ड हो। थाइल्याण्डबाट नेपालले ५६ हजार ४०० थान डायपर सात लाख ६६ हजार ४७६ रूपैयाँमा आयात गरेको छ। त्यसैगरी डायपर आयात हुने मुलुकमा अष्ट्रियाबाट ४१, अष्ट्रेलियाबाट १९, बेल्जियमबाट दुई, डेनमार्कबाट दुई, जापानबाट दुई, अमेरिकाबाट दुई र हङ्कङबाट एक थान डायपर आयात भएको विभागले प्रकाशन गरेको आर्थिक वर्ष २०७८/७९ को चार महिनाको तथ्यांकमा उल्लेख छ।
चार महिनाको डायपर आयातबाट राज्यले १८ करोड ७५ लाख ५९ हजार रूपैयाँ भन्सार असुली गरेको छ। डायपर आयातमा भन्सार विभागको तथ्यांक हेर्ने हो भने नेपालमा डायपर उद्योगको ठूलो सम्भावना देखिन्छ। आयातको अनुपात हेर्दा नेपालीलाई झन्डै वार्षिक दुई अर्ब रूपैयाँको डायपर खपत हुने देखिन्छ। प्रचुर सम्भावनाको क्षेत्र भएर पनि नेपाली उद्यमी यसतर्फ आकर्षित भने हुन सकेका छैनन्।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |