काठमाण्डौ,०९ पुस।
आउँदो वैशाख १४ र २२ गते पालिकाको चुनाव गर्न निर्वाचन आयोगले सरकारसमक्ष प्रस्ताव गरेको छ ।शुक्रवार भएको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा तथा मन्त्रीहरूसँग प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पहिलो चरणमा वैशाख १४ गते र दोस्रो चरणको २२ गते चुनाव गर्न सक्ने जानकारी दिनुभएको हो ।
पालिकाको पदाधिकारी पदावधि जेठ ५ गते सकिँदै छ । स्थानीय तह सञ्चालन ऐनअनुसार पदावधि सकिनु दुई महिनाअघि चुनाव गरिसक्नुपर्ने व्यवस्था छ ।चुनाव तयारीका लागि आयोगलाई एक सय २० दिन आवश्यक पर्ने आयोगले जनाएको छ ।
संविधानको धारा २ सय २५ बमोजिम कार्यकाल समाप्त भएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने व्यवस्था छ । कार्यकाल समाप्त भएपछि स्थानीय तह सञ्चालनसम्बन्धी कुनै स्पष्ट कानुनी व्यवस्था नभएकाले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ बमोजिम कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि नै निर्वाचन गर्न आयोगले प्रस्ताव गरेको हो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |