काठमाडौं,०९ पुस।
नेपालमा चालु आर्थिक वर्षको पाँच महिनामा ८ अर्ब ५९ करोड रुपैयाँ बराबरको तरकारी आयात भएको छ ।भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालले प्रतिमहिना एक अर्ब ७१ करोड रुपैयाँ बराबरको तरकारी खरिद गर्ने गरेको देखिन्छ ।यो तथ्यांकलाई हेर्दा नेपालले दैनिक करिब ६ करोडको तरकारी मात्रै आयात गरेको देखिन्छ ।यस अवधिमा नेपालले सबैभन्दा धेरै आलुको आयात गरेको छ ।
आलु खरिदमा मात्रै नेपालबाट ५ अर्ब २७ करोड रुपैयाँ विदेशीएको छ । भने दुई अर्ब ४७ करोडको प्याज, १८ करोड ६६ लाखको गोलभेंडा, ३७ करोड ४१ लाखको हरियो लसुन, एक करोड ४ लाखको फर्सी, ४१ लाख रुपैयाँको गाजर, ४ करोडको भेण्डे खुर्सानी र १६ करोड रुपैयाँ हरियो सागपात, ७ करोड १७ लाखको च्याउ पनि यस अवधिमा नेपाल भित्रिएको तथ्याङ्मा उल्लेख छ ।
यस्तै ३ करोड ३७ लाखको हरियो तरकारीका गेडागुडी, कांक्रो,बन्दा,र खुर्सानीको आयात पनि उच्च मात्रामा देखिन्छ । चालु आवको कात्तिक मसान्तसम्म नेपालले ६ अर्ब ८९ करोडको तरकारी आयात गरेको थियो ।नेपाल आयात भएको तरकारीमा सबैभन्दा ठूलो हिस्सा भारतीय उत्पादन छ । भारतबाहेक पाकिस्तान, बंगलादेशबाट समेत नेपालमा हरियो तरकारी र यसको गेडागुडी भित्रिएका छन् ।
चालु आवको ५ महिनामा ५ अर्ब १६ करोडको आलु नेपालले भारतबाट खरिद गरेको छ ।बंगलदेशबाट पनि १० करोड मूल्य बराबरको आलु, पाकिस्तानबाट ८२ हजारको हरियो लसुन, दक्षिण कोरियाबाट समेत रातो बन्दा नेपाल आयात गरिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |