काठमाडौं,९ मंसिर
नेपाली राष्ट्रिय महिला भलिबल टोलीले एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । बंगलादेश ढाकाको सहिद सुरावर्दी कभर्डहलमा जारी प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा हरायो ।
सुरुवाती समयबाटै दबाब दिएको साविक टोली नेपालले लगातार १० अंक जोडेपछि माल्दिभ्सले पहिलो सेटमा पहिलोपटक टाइम आउट लिन बाध्य भएको थियो । माल्दिभ्सले चार अंकमात्र बनाएको थियो ।
मुख्य प्रशिक्षक जगदीश भट्टले अनुभवी खेलाडी ओपन स्पाइकर प्रतिभा माली र सरस्वती चौधरीलाई बाहिर राख्दै उनीहरुको स्थानमा पहिलो रोजाइमा नयाँ खेलाडी शान्ति थारू, कामना विष्टलाई कोर्टमा उतारेका थिए ।
यस्तै राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाएकी लक्ष्मी चन्दले समेत डेब्यु गरिन् । नेपाल पुलिस क्लबकी खेलाडी चन्दले पहिलो पटक टोलीमा स्थान बनाएकी हुन् ।
पहिलोपटक राष्ट्रिय टोलीमा परेका शान्ति र कामनाले श्रीलंकाविरुद्धको खेलबाट नै डेब्यु गरिसकेका छन् । साविक विजेता नेपालले माल्दिभ्सलाई २५-११, २५-९ र २५-५ मा स्तब्ध पार्याे ।
प्रशिक्षक भट्टले अन्तिम सेटमा प्रतिभा र सरस्वतीलाई कोर्टमा उतारेका थिए । बिहीबार आफ्नो पहिलो खेल खेलेको नेपालले श्रीलंकामाथि ३–२ को जित हात पारेको थियो ।
नेपालले शनिबार आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । खेल बिहान ९ः१५ मा हुनेछ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |