काठमाडौं, ७ पुस
सरकारले उपत्यकामा बुधबाट १२ देखि १७ वर्षको उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको मोर्डना खोपको पहिलो मात्रा लगाउने अभियान सुरु गरेको छ । सरकारले कोभिड खोप अभियान ४ पुसदेखि सुरु गरेको हो ।
यो अभियान १४ पुससम्म चल्नेछ भने खोपको दोस्रो मात्राको अभियान २ देखि १२ माघसम्म चल्नेछ । सरकारले यस खोपलाई पूर्ण रूपमा सुरक्षित भएको बताउँदै खोपलाई निर्धक्क भएर लगाउन बालबालिकालाई प्रेरित गर्न सबैलाई आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयले सूचना प्रकाशन गरी १२ देखि १७ वर्षका बालबालिकाले आफू अध्यन गर्ने वा आफू नजिकको विद्यालयमा रहेको खोप केन्द्रमा गई खोप लगाउन आग्रह गरेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |