धादिङ,०६ पुस ।
नेकपा माओवादी केन्द्र बागमती प्रदेश अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित हुनु भएको छ।सोमबार भएको निर्वाचनमा दिनानाथ गौतम लाई ६१ भोटले उछिन्दै अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित हुनु भएको हो। जम्मा २६१ मत खसेकोमा दिनानाथ गौतमले ८६ र सरल सहयात्री पौडेल – १६२ मत प्राप्त गरेको थिए ।
निर्वाचन समितिका अनुसार उपाध्यक्षमा रूपा मर्हजन, रामप्रसाद ढुंगाना र प्रेम बहादुर पुलामी चयन भएका छन्। सचिवमा इन्द्रबहादुर थिङ तथा सहसचिवमा धादिङका दलबहादुर बुर्लाकोटी(बिजय) निर्वाचित हुनु भएको छ ।
यसैगरी सहसचिवमा नै माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित हुनु भएको छ ।कोषाध्यक्षमा संगिता भट्टराई निर्वाचित हुनु भएको छ । बागमती प्रदेशको मंसिर २५ र २६ गते काठमाडौंमा भएको सम्मेलनमा २७५ जना सदस्य चयन भए पनि पदाधिकारीमा सहमति हुन सकेको थिएन।
अध्यक्षमा निर्वाचित भएपछि सहयात्री सरलले अब वाग्मती प्रदेशमा पार्टीलाई सशक्त र प्रभावशाली बनाउदै लानेमा प्रतिबद्धता ब्यक्त गरेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |