धादिङ,०५ पुस।
हिटर, कोइला सहित गिजरको प्रयोगबाट निस्सासिएर प्रत्यक वर्ष मानिसको मृत्यु हुने गरेको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ । १० वर्षको अवधिमा जाडो महिनामा बन्द कोठामा कोइला वा हिटर र बन्द बाथरुममा गिजरको प्रयोग गर्दा निस्सासीएर २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीलाई प्राप्त भएको जानकारी अनुसार २०६७ सालदेखि २०७७ सालको अवधिमा १० जनाकोे जिवितै उद्दार गरिएको छ । १५ जनाको कोठा भित्र हिटर र कोइला बालेका कारण निस्सासीएर मृत्यु भएको र ७ जनाको ग्यास गिजरको प्रयोगबाट मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता बसन्त कुँवरले जानकारी दिनुभयो ।
चिकित्सकहरूका अनुसार बन्द कोठामा कोइला बाल्दा रिङ्गटा लाग्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने लगाएतका समस्या देखिन्छ । लामो समय सम्म यस्तो ठाउँमा बसेमा निसास्सिने, बेहोस हुने र मृत्यु हुने डाक्टरहरूको भनाइ छ । हावाको ओहोरदोहोर राम्ररी हुने कोठामा मात्रै कोइला तथा हिटर बाल्नु पर्छ । बाथरुममा ग्यासगिजर प्रयोग गर्दा मेसिनलाई खुला ठाउँमा जडान गर्ने तथा पाइपको माध्यमले तातो पानी बाथरुममा सम्म ल्याउन सकिन्छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |