काठमाडौं, ५ पुस
नेपाली कांग्रेसको खुलातर्फको महिला केन्द्रीय सदस्यमा आरजु राणा देउवा डेढ सय मतले पछाडि परेकी छन् ।
९ खुला महिला केन्द्रीय सदस्यको जारी मतगणनामा पहिलो स्थानबाट आरजु १५२ मतले पछाडि छिन् । हाल तेस्रो स्थानमा रहेकी आरजुले मतान्तर घटाउँदै लगेकी छन् ।
दिउँसो साढे ३ बजेसम्म २०६५ मत गनिसक्दा आरजुले १११६ मत पाएकी छन् । उनीभन्दा डेढ सय मतले अगाडि डा. डिला संग्रौला १२६८ मतसहित पहिलो स्थानमा छिन् ।
डिलाभन्दा ७२ मतले पछाडि पुष्पा भुसाल ११९६ मतसहित दोस्रो स्थानमा छिन् ।
चौथों स्थानमा रहेकी अम्बिका बस्नेतको ९९८ मत रहेको छ । ईश्वरी न्यौपाने ९८५ मतसहित पाँचौ स्थानमा रहेकी छन् । छैंटौं स्थानमा रहेकी सरिता प्रसाईले ९४९ मत पाएका छन् । सातौं स्थानमा रमा कोइरालाले ८१३, आठौंमा रहेकी सुशीला ढकालले ७९४ र नवौं स्थानमा रहेकी रंगमती शाहीले ७८० र दशौं स्थानमा रहेकी अनिता देवकोटाले ७७४ मत पाएकी छन् ।
खुलातर्फको महिला केन्द्रीय सदस्यको मतगणना आइतबार रातिदेखि सुरु भए पनि बीचमा स्थगित भई सोमबार बिहानदेखि मात्रै पुनः गणना भइरहेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |